arrow

युक्रेनको दोस्रो ठूलो शहरमा रुसले गर्‍यो मिसाइल आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
kharkiv.jpg

काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र पारेको छ । समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसी सेनाले खार्किभमा तीन वटा मिसाइल आक्रमण गरेका छन्। 

मिसाइल आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ । अन्य ३१ जना घाइते भएका छन् । आक्रमणमा घाइते हुनेमा बालबालिका समेत रहेका छन् । 

साथै पूर्वी युक्रेनको चासिभ यार शहरको एक अपार्टमेन्टमा शनिवार राति भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को शहरलाई आक्रमण गरेका छन् । सोमबार उत्तरपूर्वी युक्रेनको खार्किभ शहरमा रुसी सेनाको निसानामा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ