arrow

पुटिनको अर्को ठूलो चाल, सबै युक्रेनीले रुसी नागरिकता पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
Putin_Press_confrence.jpeg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को कदम चालेका छन् । रुसले युक्रेनका सबै जनतालाई नागरिकता दिने निर्णय गरेको छ । युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा रुसी सेनाको आक्रमण पछि पुटिनले चाल चलेका हुन् । 

राष्ट्रपति पुटिनले सोमबार रुसी नागरिकताको दायरा विस्तार गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।पुटिनको यो कदम युद्धग्रस्त युक्रेनमा मस्कोको प्रभाव विस्तार गर्ने अर्को चाल रहेको बताइएको छ । 

यसअघि दक्षिणी जापोरिजिया र खेर्सन क्षेत्रका बासिन्दाहरू र युक्रेनको पूर्वी डोन्स्क र लुहान्स्क क्षेत्रका मानिसहरूले सरलीकृत प्रक्रिया अन्तर्गत रूसी नागरिकताको लागि आवेदन दिन पाउँथे । 

सन् २०१९ मा डोनेस्क र लुहान्स्कका जनताका लागि पहिलो पटक नागरिकता प्रक्रिया शुरु भएको थियो। 

२०१९ देखि यस वर्षसम्म दुबै क्षेत्रका ७ लाख २० हजार भन्दा बढी जनसङ्ख्याको लगभग १८ प्रतिशतले रूसी राहदानी लिएका छन्। 

जापोरिझिया र खेरसन क्षेत्रका बासिन्दाहरूलाई पनि युक्रेनमा रुसको आक्रमणको तीन महिनापछि मेको अन्त्यमा फास्ट ट्र्याक प्रक्रिया प्रस्ताव गरिएको थियो। सो स्थानका मानिसहरूलाई पहिलो पटक एक महिनाअघि रूसी राहदानी दिइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ