जसपामा लफडाः उपेन्द्रले बोलाएको बैठकमा जान सुरक्षा खतरा भएको महेन्द्र रायको भनाइ
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
1.1k
Shares
काठमाडौं । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले पार्टी नेतृत्वहरूबाट बिरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महसुस भएकाले जान नसकेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेता डा. बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारिक बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।
बैठकमा उनले भने, ‘वीरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के असुविधा थियो र वीरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्यो ? उनले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गरे ।