arrow

पुटिन इरान जाँदै, हतियार माग्न सक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
vladimir-putin-russia.jpg

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता इरान जाँदैछन् । रुस युक्रेन युद्धका बीच पुटिन इरान जान लागेका हुन् । 

पुटिनले त्यहाँ  इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गर्ने छन् ।  युक्रेनमा चलिरहेको युद्धमा प्रयोगको लागि रुसले इरानसँग हतियार ड्रोनसहित सयौँ मानवरहित हवाई वाहन मागिरहेको छ । 

आगामी जुलाई १९ मा इरानको राजधानी तेहरानमा उनीहरूका बीचमा भेटवार्ता हुने तय भएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले जनाएको छ । 

पुटिनले टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानसँग पनि भेट गर्दैछन् ।  इरान र टर्कीका समकक्षीसँग भेटवार्ता समेत हुने गरि हुन लागेको रुसी राष्ट्रपतिको भ्रमणका लागि गृहकार्य भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।  

भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले अन्य दुई समकक्षीसँग एक्ला एक्लै पनि भेटवार्ता गर्ने तयारी भएको क्रेमलिनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ