arrow

बेलायतमा नयाँ प्रधानमन्त्री छान्न मतदान, आठ नेताहरु दौडमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
british-pm-boris-rishi-sunak.jpg

काठमाडौं । टोरी सांसदहरूले बोरिस जोनसनलाई पार्टीको नेता र प्रधानमन्त्रीबाट हटाएर नयाँ चयन गर्नका लागि पहिलो चरणको मतदान गर्न लागेका छन् ।

मनोनयन बन्द भएपछि आठ नेताहरु प्रधानमन्त्रीको दौडमा रहेका छन् । उनीहरुले दौडमा रहन पहिलो चरणमा ३० मत प्राप्त गर्नुपर्नेछ ।

कन्जरभेटिभ पार्टीको नेताका लागि उम्मेदवारहरू ऋषि सुनक, केमी बडेनोक, सुएला ब्रेभरम्यान, जेरेमी हन्ट, पेनी मोर्डाउन्ट, लिज ट्रस, टम टुगेनधाट र नदिम जाहावी रहेका छन् ।

मतदान ब्रिटिश ग्रीष्मकालीन समय अनुसार दिउँसाे १३ः ३० बजे शुरु हुनेछ भने ५ बजेसम्म नतिजा आउने अपेक्षा गरिएको छ ।

केही दिनपछि यी उम्मेदवारको संख्या दुईमा झार्नका लागि थप मतदान हुनेछ।

यी दुई जनामध्ये एक जनालाई पार्टीको लिडर र देशको प्रधानमन्त्री छान्न कन्जरभेटिभ पार्टीका करिब १ लाख ६० हजार सदस्यहरूले त्यसपछि मतदान गर्ने छन् । विजेताको घोषणा सेप्टेम्बर ५ मा गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ