arrow

राष्ट्रसंघका पूर्व अमेरिकी राजदूतद्वारा विभिन्न देशमा ‘कू’ को योजना बनाएको स्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
us-ambassdor to un.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्व अमेरिकी राजदुत एवं ह्वाइट हाउसका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक अन्तर्वार्तामा आफुले विदेशमा ‘कू’ को योजना बनाएको स्वीकारेका छन् ।

सन् २०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणबारे संसदीय सुनुवाइपछि बोल्टनको टिप्पणी आएको हो ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को राष्ट्रपतीय चुनाव हारेपछि सत्तामा रहनकै लागि अन्तिम प्रयास स्वरुप हिंसा भड्काएको आरोपको सामना गर्नु परेको छ।

सीएनएनकी एन्कर जेक ट्यापरसँग बोल्दै बोल्टनले ट्रम्प सावधानीपूर्वक योजनाबद्ध कू गर्न सक्षम नभएको बताएका छन् ।

उनले अघि भनेका छन्,'यहाँ (अमेरिकामा)नभएर अन्य ठाउँमा कु गर्न योजना बनाउन मद्दत गरेको व्यक्तिका रुपमा (भन्नु पर्दा) यो (कु) गर्नका लागि निकै गृहकार्य चाहिन्छ र त्यो उन(ट्रम्प)ले गरेनन् ।'

ट्यापरले बोल्टनलाई कुन प्रयासको कुरा गरिरहेको भनेर सोधेकी थिइन् ।

'म स्पेसिफिकेशनमा जाने छैन । यो सफल हुन सकेन। त्यो होइन कि हामीसँग यो सबै गर्नु पर्ने थियो तर मैले देखेको छु की गैरकानुनी रूपमा निर्वाचित राष्ट्रपतिलाई हटाउन विपक्षीहरूले के प्रयास गरे र तिनीहरू असफल भए,' उनले भेनेजुएलाको सन्दर्भ उल्लेख गर्नु अघि भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ