arrow

जीपी कोइराला फाउन्डेशन अमेरिकाको कार्यालयमा कांग्रेस नेताहरुसँग विशेष भेटघाट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
girija-prasad-koirala-foundation-2079.jpg

न्यूयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालय न्यूयोर्कस्थित उडसाइडमा नेपाली कांग्रैसका नेताहरुसँग भेटघाट भएको छ । नेपालबाट आएका नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, नेपाली कांग्रेस भक्तपुरका पार्टी सभापति दुर्लभ थापा र नेपाली कांग्रेस रोल्पाका नेता पूर्व नेविसंघ मनोजमणि आचार्य र  एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार श्यामकाजी गुरुङ लगायतका नेताहरुलाई आफ्नै कार्यालयमा कार्यबाहक अध्यक्ष सुबर्ण लामाले स्वागत गरे । 

भेटघाट कार्यक्रममा नेतृ गौतमले अमेरिकावासी नेपालीहरूको साझा संस्था गिरिजाप्रसाद कोइराला फाउण्डेशन पनि भएको भन्दै आगामी दिनहरूमा नेपालीहरूलाई आइपर्ने समस्याहरूको समाधानका लागि समुदायसँग हातेमाले गर्दै अझै झन् बलियो हुँदै सगरमाथा झैँ उच्च भएर अगाडि बढ्न सुझाव दिइन् । 

उनले न्यूयोर्क जस्तो व्यस्त शहरमा फाउण्डेशनको आफ्नै कार्यालयमा स्वागत गरेकामा धन्यवाद ज्ञापन गरिन् । त्यस्तै नेता थापाले यस फाउन्डेशनका सामाजिक गतिविधिवाट प्रभावित भएको र आवश्यक सहयोग गर्ने प्रतिवद्दता जाहेर गरे । उनले सबैले मिलेर नेपाल र नेपालीको हकहितका लागि लाग्न जहाँ रहे पनि सक्ने बताए । 

त्यसैगरी नेता आचार्यले गिरिजाबाबुले भनेझैं सहमति, सहकार्य र एकता नै आजको आवश्यकता भएको प्रष्ट पारे । उनले फाउण्डेसन अमेरिकाले कोरोना संक्रमण कालमा राहत वितरण, भ्याक्सिन तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेको प्रत्यक्ष हेरेको भन्दै फाउन्डेशनमार्फत समाजसेवामा अहोरात्र खटिएका सबैजना धन्यवादको पात्र रहेको बताए । 

एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार श्यामकाजी गुरुङ, गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सामाजिक गतिविधिहरू गर्दै आएकोमा आफू निकै प्रभावित र धेरै खुशी भएको तथा फाउण्डेशनले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । 

जीपी कोइराला फाउन्डेशन अमेरिका च्याप्टरले कोरोना कहरमा नेपालीलगायत अमेरिकावासी विभिन्न समुदायहरूलाई गरेको सहयोग सबैले देखेको भन्दै आफूहरू एक निःस्वार्थ टीम बनाइ अमेरिकाको मुलधारका राजनीतिज्ञसँग सहकार्य गर्दै अघि बढेको कार्यबाहक अध्यक्ष लामाले बताए । 

उनले सामाजिक गतिविधिहरूलाई अझ तीब्रता दिने तथा नेपाल र नेपालीहरुको हितका लागि अझ सशक्त रुपले कार्यहरु गर्दै अघि बढ्ने दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ