- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र यसअन्तर्गतका विभाग, बोर्ड, समिति तथा कार्यक्रमको चालू आर्थिक वर्षको कुल खर्च ७५.३२ प्रतिशत पुगेको छ ।
त्यसमा चालू खर्च ७८.५५ प्रतिशत र पुँजीगत खर्च ४५.५१ प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्ष कृषि मन्त्रालयले कुल ३७ अर्ब ७६ करोड ६० लाख ३५ हजार बजेट पाएको थियो ।
मन्त्रालयको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमको सबैभन्दा कम अर्थात् २.१८ प्रतिशत खर्च भएको छ ।
कृषि मन्त्रालयका अनुसार यो कार्यक्रमका लागि एक अर्ब १३ करोड ४६ लाख ९४ हजार रुपियाँ विनियोजन भएकामा हालसम्म दुई करोड ४७ लाख ४४ हजार रुपियाँ मात्र खर्च भएको छ ।