arrow
ADVERTISEMENT

शहर वरिपरि खस्यो रुसी मिसाइल : २३ जनाको मृत्यु, ५० भन्दा बढी भवनमा क्षति 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
venetsia.jpg

काठमाडौं । रुसले युक्रेनी शहर भिनित्सियामा मिसाइल आक्रमण गरेको छ । आक्रमणमा २३ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएको युक्रेनको राज्य आपत्कालीन सेवा (एसईएस) ले जनाएको छ । मृत्यु हुनेमा ३ बालबालिका पनि रहेका छन् । 

रुसी क्षेप्यास्त्रले मध्य युक्रेनको भिनित्सिया शहरमा रहेको एउटा नागरिक भवन र सांस्कृतिक केन्द्रमा प्रहार गरेको युक्रेनको रक्षा मन्त्रालयले दाबी गरेको छ ।

तीन वटन रुसी मिसाइल भवन वरिपरि झरेका छन्। भग्नावशेषमा फसेका मानिशहरूको उद्धार भइरहेको छ । भग्नावशेषबाट ६४ जनालाई बाहिर निकालिए छ । 

उद्धार गरिएका ६४ जनालाई अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये ३४ जनाको अवस्था गम्भीर छ । 

आक्रमणमा ५० भन्दा बढी भवन र ४० भन्दा बढी कारमा क्षति पुगेको थियो । अहिलेसम्म ६ शवको मात्रै पहिचान भएको छ । 

युक्रेनले यस आक्रमणलाई शान्तिपूर्ण शहर कब्जा गर्नेहरूको अर्को अपराधको रूपमा वर्णन गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ