arrow
ADVERTISEMENT

युक्रेनले रुसको चार मिसाइल खसाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
slovakia-s-300-missiles-to-Ukraine.jpg

काठमाडौं । रुसले युक्रेनमा लगातार आक्रमण गरिरहेको छ । युक्रेनको वायुसेनाले शनिवार रुसको क्यास्पियन सागरबाट प्रक्षेपण गरिएका ६ मध्ये चार मिसाइल खसालेको छ । एयर फोर्सले सामाजिक सञ्जालमा सो कुराको जानकारी दिएको हो । 

एयर फोर्सले यी मिसाइलरूलाई जापोरिझ्झ्या र निप्रोपेट्रोभस्क क्षेत्रमा करिब ४:३० मा खसालेको हो। 

शनिवारै रुसी सेनाले युक्रेनी सहर माइकोलिभका दुई विश्वविद्यालय ध्वस्त पारेको छ । उक्त समय रुसले १० वटा मिसाइल प्रहार गरेको थियो । 

यसअघि भिनिसिया सहरमा भएको मिसाइल आक्रमणमा २३ जनाको मृत्यु भएको छ । रुसले युक्रेनी सहर भिनित्सामा अहिलेसम्म ६८ वटा मिसाइल प्रहार गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ