arrow
ADVERTISEMENT

रुस-युक्रेन युद्धको प्रभाव जी-२० मा : संयुक्त विज्ञप्ति विना नै टुङ्गियो मन्त्रीहरूको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १ आइतबार
g20-nation1.jpg

बाली, इन्डोनेसिया । रुस-युक्रेन युद्धले जी-२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको शनिबार सम्पन्न २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ । 

समूहको वैठकपछि संयुक्त विज्ञप्ति जारी गरी छलफलमा भएका निर्णयबारे सार्वजनिक गराउने परम्परा छ । यद्यपि युद्धका कारण उक्त समूहका सदस्यहरूबीच एक मत हुन नसकेपछि संयुक्त विज्ञप्तिविना नै बैठक टुङ्गिएको छ । 

इन्डोनेसियाको बालीमा भएको वार्ताको क्रममा वित्त प्रमुखहरूले खाद्य तथा ऊर्जा संकटहरूको समाधान खोजेका बताइएको छ । तर बैठकका सहभागीहरूले रूसी प्राविधिकहरूले समस्याहरूलाई झनै चर्काएको आरोप लगाए ।

अमेरिकी वित्तमन्त्री जेनेट येलेन, अस्ट्रेलियाका जिम चालमर्स र क्यानाडाका क्रिस्टिया फ्रिल्यान्डले शुक्रबार यूक्रेनमा गरिएको रूसी हस्तक्षेपमार्फत् भएको विश्व अर्थतन्त्रलाई प्रभावित पारिएको भन्दै यसको आलोचना गरे । 

औपचारिक विज्ञप्तिको सट्टा इण्डोनेशियाले जारी गरेको १४ अनुच्छेदको वर्णन जी-२० समूहको अध्यक्षता गरेका इन्डोनेसियाली वित्त मन्त्री मुल्यानी इन्द्रावतीले समापन सम्बोधनमा गरेका छन् । 

उनले अधिकांश दस्तावेजमा सहमति भएको बताइन् तर यसमा रहेका दुई अनुच्छेदले युद्धको प्रभाव र कसरी प्रतिक्रिया दिने भन्ने सन्दर्भमा सदस्यहरूको मतभेदमा केन्द्रित भएको छ । उनले भनिन्, “मेरो विचारमा यो नै सबैभन्दा राम्रो परिणाम हो ।” 

वार्ताको दोस्रो दिनको सुरुमा, इन्डोनेशियाका केन्द्रीय बैंकका गभर्नर पेरी वारजियोले कोभिड-१९ महामारीबाट पीडित विश्व अर्थतन्त्रलाई पुनः स्थापित गर्नमा ध्यान केन्द्रित गर्न मन्त्री तथा विश्वव्यापी वित्त नेताहरूलाई आह्वान गरे ।
 
वार्ताको दोस्रो दिनको सुरुमा, इन्डोनेशियाका केन्द्रीय बैंकका गभर्नर पेरी वारजियोले कोभिड-१९ महामारीबाट पीडित विश्व अर्थतन्त्रमा पुनः स्थापनामा ध्यान केन्द्रित गर्न मन्त्री तथा विश्वव्यापी वित्त नेताहरूलाई आह्वान गरे ।

अन्तरराष्ट्रिय मुद्रा कोषले आफ्नो विश्वव्यापी वृद्धि पूर्वानुमानमा कमी आएपछि यो बैठक भएको हो । अमेरिकी मुद्रास्फीतिले मन्दीको डर उत्पन्न गर्दा यो महिनामा विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण गरिएको छ ।

युक्रेन युद्धले विश्व बजारलाई चर्काएको, खाद्यान्नको मूल्य बढेको र मुद्रास्फीतिलाई तोडेको अवस्थामा वित्तमन्त्रीस्तरीय छलफल ओझेलमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ