arrow
ADVERTISEMENT

युक्रेनमा ३८ हजार बढी रुसी सैनिकको मृत्यु, २ सय २० युद्ध विमान ध्वस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
russia-attack-ukrain.PNG

काठमाडौं । गत फेब्रुअरी २४ देखि शुरु भएको रुस र युक्रेनबीचको युद्ध जारी छ । रुसले युक्रेनमा लगातार मिसाइल आक्रमण गरिरहेको छ । आक्रमणमा धेरै व्यक्तिको मृत्यु र जनधनको क्षति भएको छ । 

यता युक्रेनले पनि रुसको कारबाहीको जवाफ दिइरहेको छ । पछिल्लो २४ घण्टामा युक्रेनले १६० भन्दा बढी रुसी सैनिकको हत्या गरेको छ । जुलाई १७ सम्ममा युक्रेनले ३८ हजार ३०० रुसी सैनिकहरूलाई युद्धमा मारेको छ।

युक्रेनले रुसका २ सय २० युद्ध विमान ध्वस्त पारेको छ ।  

युक्रेन सशस्त्र बलहरूले अहिलेसम्म १ हजार ६ सय ८४ ट्याङ्कहरू र ३ हजार ८ सय ७९ बख्तर बन्द लडाकु वाहनहरू ध्वस्त पारेको छ । 

साथै युक्रेनले ८ सय ४६ आर्टिलरी प्रणालीहरू, २ सय ४८ एन्टि-एयरक्राफ्ट बन्दुकहरू, १ सय १० वायु रक्षा प्रणालीहरू नष्ट गरेको छ ।

लगायत १ सय ८८ हेलिकप्टर, ६ सय ८८ यूएभी, १ सय ६६ क्रुज मिसाइल, १५ युद्धपोत/कटर, २ हजार ७ सय ४६ ट्रक-ट्याङ्करहरू युक्रेनले नष्ट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ