arrow
ADVERTISEMENT

दुई महत्त्वपूर्ण अधिकारी बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
volodymyr-zelensky-ukraine.jpg

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देश द्रोहको आरोपमा देशका दुई महत्त्वपूर्ण अधिकारीलाई बर्खास्त गरेका छन् । जेलेन्स्कीले युक्रेनको सेक्युरिटी एजेन्सी (एसबीयू) का प्रमुख र अभियोजक जनरललाई देश द्रोहको आरोपमा बर्खास्त गरेका छन्।

आफ्नो एक बयानमा, उनले आरोप लगाएका छन् , ६० प्रतिशत भन्दा बढी पूर्व कर्मचारीहरू युक्रेन विरुद्ध रुसी नियन्त्रित क्षेत्रमा काम गरिरहेका छन्। उनले कानून प्रवर्तन अधिकारीहरू विरुद्ध कूल ६५१ मुद्दाहरू रिपोर्ट गरिएको बताए। यद्यपि, उनीहरूका हटाइएका अधिकारीहरू इभान बाकानोभ र इरिना भेनेडिक्टोभाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

आइतबार एक भिडियो जारी गर्दै जेलेन्स्कीले भने, ‘देशको सुरक्षा विरुद्धको यस्ता अपराधहरू धेरै गम्भीर प्रश्न हुन्।’एसबीयूका प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथी हुन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भारतका लागि युक्रेनका राजदूत इगोर पोलिखालाई पदबाट बर्खास्त गरेका छन् । पोलिखालाई भारत र अन्य युरोपेली देशहरूसँग कूटनीतिक सम्बन्धको बृहत् अनुभव भएको युरोपको सबैभन्दा वरिष्ठ राजदूतको रूपमा चिनिन्छ। पोलिखाले आफ्नो असाधारण लामो कार्यकालका कारण यो अपेक्षा गरिएको आदेशबाट आफू अचम्मित वा निराश नभएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ