- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय उत्तर कोरियाली नेता किम जोङ उनसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिन खुशी भएका छन् । किमको एक निर्णयले पुटिनलाई खुशी बनाएको हो ।
युक्रेन विरुद्ध युद्ध लड्नुअघि पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेस्कलाई युक्रेनबाट छुट्टाछुट्टै राज्य घोषणा गरेका थिए । अहिले पुटिनको यो कदमलाई उत्तर कोरियाले मान्यता दिएको छ । उत्तर कोरियाले डोनेस्क र लुहान्स्क जनगणतन्त्रको सार्वभौमसत्तालाई मान्यता दिएको छ ।
मान्यता दिने उत्तर कोरिया पहिलो देश हो । योसँगै पुटिन उत्साहित बनेका छन् । पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादीहरूले आफ्नो स्वघोषित गणतन्त्रलाई प्योङयाङले मान्यता दिएपछि पुटिनलाई खुशी बनेका हुन् ।
यस वर्षको फेव्रअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि रुसले डोनेस्क र लुहान्स्कलाई छुट्टाछुट्टै राज्य घोषणा गरेको थियो । रुसले डोनेस्क र लुहान्स्कलाई युक्रेनबाट अलग राज्य बनाउने बताएको थियो । यसअघि मार्चमा पुटिनले युक्रेनबाट क्रिमिया खोसेका थिए ।
यता रुस-युक्रेन युद्धको बीचमा उत्तर कोरियाले डोनबासलाई छुट्टै देशको रूपमा मान्यता दिने कुरा गरे पछि युक्रेनले उत्तर कोरियासँग सबै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ ।
उत्तर कोरियाका लागि रुसका राजदूत अलेक्ज्याण्डर मात्सेगोराले एक अन्तर्वार्तामा उत्तर कोरियाले डोनेस्क र लुहान्स्कलाई कुनै उद्देश्यविना मान्यता दिएको बताएका छन् ।
उनले उत्तर कोरिया विश्वका थोरै देशहरूमध्ये एक हो जससँग पूर्ण रूपमा स्वतन्त्र विदेश नीति अनुसरण गर्ने क्षमता छ भनेर प्रशंसा गरेका छन् ।
कोरियाको यो निर्णयसँग अमेरिका लगायत पश्चिमा देशहरूले भने विरोध गर्ने छन् । रुस र युक्रेनबीच फेब्रुअरीदेखि युद्ध चलिरहेको छ ।