arrow

जोनसन सरकारले विश्वासको मत जित्यो, कन्जरभेटिभले उत्तराधिकारी नबनाएसम्म कामचलाउ नेता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
boris-johnson2.jpg

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ ।  चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे । 

विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेको छ । सेप्टेम्बरको शुरुमा  कन्जरभेटिभ पार्टीले आफ्नो उत्तराधिकारी चयन नगरेसम्म आफू प्रधानमन्त्री रहने जोनसनले बताउँदै आएका छन् । 

जोनसनले कन्जरभेटिभको संसदीय दलको नेताबाट राजीनामा दिइसकेकाले अर्को नेता नचुनुन्जेल उनी पार्टीको कामचलाउ नेताको रुपमा रहेका छन् । 
कन्जरभेटिभ नेता छान्ने पक्रिया शुरु भइसकेको छ । 

विपक्षीले जोनसनलाई अविश्वासको प्रस्तावमार्फत हटाउनुपर्ने जनाएको थियो । तर, उनले राजीनामा दिने बताइसकेको र संसदीय दलको नेताबाट पनि हटिसकेकोले तत्काल पदमुक्त गर्नु नपर्ने कन्जरभेटिभले बताउँदै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ