- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसी सेनाले सोमबार युक्रेनमा डेढ सय भन्दा बढी मिसाइल प्रहार गरेको छ । रुसी सेनाले सुमी क्षेत्रमा १५० भन्दा बढी मिसाइल प्रहार गरेको युक्रेनी सैन्य अधिकारीहरूले बताएका छन्।
रुसले बिहान साढे ११ बजेदेखि गोलाबारी सुरु गरेको थियो । घाइते र र क्षतिको विवरण आउन बाकी छ ।
युक्रेन एयर फोर्सका अनुसार रुसले २४ फेब्रुअरीमा युद्ध सुरु भएदेखि अहिलेसम्म ३ हजारभन्दा बढी मिसाइल प्रहार गरेको छ ।
युक्रेनी सेनाले रुसलाई युद्धको मैदानमा कडा चुनौती दिइरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमी हतियारको आगमनले युद्ध भूमिको अवस्था परिवर्तन गरिरहेको बताएका छन् ।