arrow

युरोपलाई रुसकाे चेतावनी- अनियन्त्रित तरिकाले ग्यास आपूर्ति रोक्छाैं

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
russia-gazprom.jpg

काठमाडौं । रुसको ग्यास जाएन्ट ग्याजप्रोमले युरोपका ग्राहकहरूलाई असाधारण परिस्थितिको कारणले ग्यास आपूर्तिको ग्यारेन्टी गर्न नसक्ने चेतावनी दिएको छ ।

रोयटर्सले प्राप्त गरेको पत्र अनुसार मास्कोको युक्रेनमा आक्रमणलाई लिएर पश्चिमले लगाएका प्रतिबन्धमा टीट फर ट्याटको राणनीतिमा रुस अघि बढेको हो ।

जुलाई १४ मिति उल्लेख गरिएको पत्रमा जुन १४ यताको सम्झौताको जिम्मेवारी पूरा गर्न नसक्ने (फोर्स मेजर) उल्लेख गरिएको छ । भगवानको काम भनिने फोर्स मेजरले सम्झौताका दुवै पक्षलाई कानूनी दायित्वबाट मुक्त गर्छ ।

यसको अर्थ भनेको प्रतिबन्धका कारण युरोपले नै सिर्जना गरेको कठिन परिस्थितीलाई कारण देखाउँदै ग्याजप्रोमले युरोपमा ग्यास आपूर्ति रोक्न सक्नेछ र त्यसको जिम्मेवारी लिने छैन ।

जर्मनी र अन्य युरोपमा ग्यास पठाउने प्रमुख पाइपलाइन नर्ड स्ट्रिम १ को वार्षिक मर्मतसम्भार योजना अनुसार १० दिनको मर्मतसम्भार बिहीबार सकिँदैछ । यस्तो बेला रुसबाट चेतावनी आएको हो ।

मास्कोले प्रतिबन्धको बदला लिन ग्यास आपुर्ति रोक्न सक्ने र यसले उर्जा संकट बढाउँदै मन्दीमा पुर्याउने डर युरोपमा थपेको छ ।

युक्रेन र बेलारुस र बाल्टिक सागर मुनिको नर्ड स्ट्रिम १ लगायतका प्रमुख पाइपलाइन मार्फत केही महिनादेखि रुसी ग्यासको आपूर्ति घट्दै गएको छ।

यस विषयमा जानकार एक अधिकारीले रुसको मुख्य निशाना नर्ड स्ट्रिम १ रहेको बताएका छन् ।

एबीएन अम्रोका वरिष्ठ ऊर्जा अर्थशास्त्री ह्यान्स भ्यान क्लिफले मर्मतसम्भार सकिएपछि नर्ड स्ट्रिम १ पाइपलाइनमार्फत ग्यास आपूर्ति नगर्ने सम्भावनाको संकेत भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ