arrow
ADVERTISEMENT

रोकिराखेको ट्रकमा बस ठोक्किँदा २२ जनाको मृत्यु, ३३ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
accident-final-1618290232.jpg

काठमाडौं । सडक दुर्घटनामा परी इजिप्टमा मङ्गलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा ३३ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ ।

“राजधानी कायरोतर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो,” गभर्नर ओसामा अल क्वाडीले भने । दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट गडेको थियो । सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन् ।

राजधानी कायरो देखि २०० मिटर टाढा घटना भएको हो । इजिप्टमा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् ।

सडक तथा यातायातका साधनको बिग्रिएको अवस्था, चालकको लापरवाही लगायतका कारणले बढी दुर्घटना हुने गरेको हो ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ