चीनका कारण भयावह सङ्कटमा फसेको श्रीलङ्कामा आपतकाल लागू
एजेन्सी,
प्रकाशित २०७९ साउन ३ मंगलबार
539
Shares
कोलम्बो। चीनका कारण भयावह आर्थिक सङ्कटले घेरिएको श्रीलङ्कामा सोमवारदेखि फेरि आपातकाल लागू भएको छ। कार्यवाहक राष्ट्रपति रानिल विक्रमसिंघेले यो आदेश जानकारी गरेका छन्।
आदेशमा भनिएको छ, आर्थिक सङ्कटलाई ध्यानमा राख्दै कानुन व्यवस्था र आवश्यक वस्तुहरूको सुचारु आपूर्तिका लागि १८ जुलाईदेखि आपालकाल लगाइॅंदैछ। उल्लेख्य छ की यस अघि १३ जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षे विरुद्ध जनआक्रोश फैलिएपछि श्रीलङ्कामा आपातकाल लगाइएको थियो।
गोटाबाया राजपक्षे श्रीलङ्काबाट भागेपछि विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ। यसपछि आपातकाल हटाइएको थियो। तर, एक हप्तामा दोस्रोपल्ट आपातकाल लगाइएको छ। श्रीलङ्कामा लगभग छ महिनादेखि आर्थिक सङ्कट छाएको छ। सरकारी कोष खाली छ। आवश्यक वस्तु र इन्धनको भारी कमी छ।
जनता पूर्ववर्ती राजपक्षे सरकारमाथि भ्रष्टाचारको आरोप लगाएर धेरैपल्ट सडकमा निस्किसकेको छ। गत हप्ता जनताले राष्ट्रपति भवनमा कब्जा जमाएको थियो। यसपछि, तत्कालीन राष्ट्रपति गोटाबाया भूमिगत भएका थिए। दुई दिनपछि उनी राति भागे। पहिला उनी माल्दीवस् गए र त्यहॉंबाट सिंगापुर पुगे।