arrow
ADVERTISEMENT

रुसको निशानामा माइकोलाइभ, शहर छाड्न मेयरले गरे अपिल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
Mykolaiv.jpg

काठमाडौं । रुसले युक्रनमाथी पाँच महिनादेखि आक्रमण गरिरहेकी छ । पछिल्लो समय रुसको निशानामा माइकोलाइभ शहर परेको छ । रुसले शहरमा ठूलो सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरिरहेको माइकोलाइभका मेयर अलेक्जेन्डर सिनकेभिचले पुष्टि गरेका छन्।
 
धेरै सङ्ख्यामा हानिएका मिसाइल युक्रेनको एयर फोर्सले सामना गर्न नसक्ने बताइएको छ । मेयरले आफ्नो ज्यान जोगाउन शहर छाड्नु राम्रो हुने स्थानीयलाई अपिल गरेका छन् ।

दक्षिण युक्रेनको माइकोलाइभ गाउँलाई रुसी सेनाले घेरेका छन्। त्यहाँका बासिन्दाले दैनिक रुसी आक्रमणको सामना गर्छन्। शहरमा अहिले करिब २ लाख ३० हजार मानिस छन् । यो शहरको आधा जनसङ्ख्या हो । जसमध्ये अधिकांश वृद्धहरू छन्।

रुसले माइकोलाइभमा एस-३०० मिसाइलहरू प्रयोग गरेको छ । 

युक्रेन युद्धका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानको भ्रमणमा छन् । युक्रेनसँग युद्ध सुरु भएयता उनको यो पहिलो भ्रमण हो । युद्धका कारण पश्चिमी देशहरूले रुसमाथि धेरै प्रतिबन्ध लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ