arrow
ADVERTISEMENT

श्रीलंकामा सांसदहरूले नयाँ राष्ट्रपति छान्न मतदान गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
srilanka-emergency-2022.jpg

काठमाडौं । देशमा व्याप्त आर्थिक संकटकैबीच नयाँ राष्ट्रपति चयनका लागि श्रीलंकाका सांसदहरूले मतदान गर्ने भएका छन् । वर्तमान अन्तरिम राष्ट्रपति प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई सत्तारुढ दलले राष्ट्रपतिका लागि मनोनयन गरेको छ ।

विक्रमासिङ्घेलाई राष्ट्रपति हुने अग्रपङ्क्तिको व्यक्तिका रूपमा हेरिएको छ । तर, राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि प्रदर्शनकारीहरूले भने विक्रमासिङ्घेले समेत राजीनामा दिनुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी दलले समर्थन गर्ने असन्तुष्ट सत्तारुढ दलका सांसद दुल्लास अलाहपेरुमाबाट गम्भीर चुनौतीको सामना गर्नु परेको छ।

संसदबाट निर्वाचित राष्ट्रपतिले नोभेम्बर २०२४ मा समाप्त हुने राजापाक्षेको बाँकी कार्यकाल पूरा गर्ने जनादेश पाउनेछ।

चरम रुपमा कङ्गाल भएको श्रीलंकामा खाद्य, इन्धन र अन्य आधारभूत आपूर्तिहरूको तीव्र अभाव छ । यसबीच अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहकार्यका लागि स्थिर सरकारको आवश्यकता रहेको छ ।

झण्डै दुई दशकसम्म देशमा शासन गरेको राजापाक्षे प्रशासन र उनको परिवारलाई वर्तमान सङ्कटका लागि दोषी ठहर गरिएको छ।

विक्रमासिंघे लगायतका राजनीतिक नेताहरूलाई पद त्याग गर्न माग गर्दै नागरिकहरूले सरकारी भवनहरू कब्जा गरेपछि राजापाक्षे गत हप्ता माल्दिभ्स भागेका थिए। त्यसपछि सिंगापुर गएका उनले बिहीबार औपचारिक रूपमा राजीनामा दिएका थिए ।

बुधबार कुल २२५ सांसद मतदान गर्न योग्य छन् । आधा भन्दा बढी अधिमान्य मत प्राप्त गर्ने व्यक्ति नै राष्ट्रपति बन्नेछ ।

राष्ट्रपतिका लागि विक्रमासिंघे, अलाहपेरुमा र वामपन्थी नेसनल पिपुल्स पावर पार्टीका नेता अनुरा कुमारा दिसानायके बीच त्रिपक्षीय प्रतिस्पर्धा हुँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ