- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली न्यायपालिकामा विकृति बढेको भन्दै त्यसको छानविन गर्न माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रसाईलीले उच्च स्तरीय छानविन आयोग गठन गरेर न्यायपालिकाको विकृति नियन्त्रण गर्न माग गरेका हुन् ।
‘देव्यानी फौजदारी मुद्धामा न्याय पाउन सर्वसाधारणले ३० वर्षसम्म धाउनु पर्छ, न्यायमुर्तीहरुले समयमा न्याय दिन सकिरहेका छैनन,’ रसाईलीले संसदमा भने, सरकारले छानविन आयोग गठन गरेर जनतालाई वेलैमा न्याय दिन ढिलाई गर्न नहुने उनको भनाई छ ।