arrow

फुर्सेखोलाले बगाउँदा विमलको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
child-death-sink-pond.jpg

पोखरा ।  पोखराको फुस्रेखोलामा डुबेर मंगलबार एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट घर भएका २४ वर्षका विवेक गुरुङ (विमल) रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विमल दुई साता अघि मात्रै पोखरा आएका थिए । चार जना साथीभाइसँगै फुस्रे खोला गएका विमल पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । 

खोलाले बगाउँदै गरेको अवस्थामा देखेपछि दुई जना स्थानीयले विमललाई खोलाबाट निकालेर बाहिर ल्याएका थिए । 

त्यतिबेला उनको मृत्यु भइसकेको थियो । विवेकको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

विमलको शवलाई पोष्मार्टमपछि आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीका निमित्त प्रमुख सुन्दर तिवारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ