arrow

सुनकोशीले बगाउँदा दुई बालक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
SunkoshiHydropower.jpg.jpeg

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं. ३ का दुई बालक आज सुनकोशी नदीले बगाएर बेपत्ता भएका छन् । 

तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्नेक्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका वडा नं. ३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी छन् । 

पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ