arrow
ADVERTISEMENT

एकैदिन विश्वभर थपिए आठ लाख बढी कोरोना संक्रमित, १५ सय बढीको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
corona-world.jpg

काठमाडौं । पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोना भाइरसका ८ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सोही समयमा कोरोनाका कारण १ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् । 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको चौबिस घण्टामा विश्वमा ८ लाख ३२ हजार ४७० जना कोरोना संक्रमित थिएका छन् । सो अवधिमा सबैभन्दा बढी जापानमा १ लाख ३५ हजार २३९ जना संक्रमित थपिएका छन् । 

यस्तै, अमेरिकामा १ लाख ७११, भारतमा १७ हजार ५०, ब्राजिलमा ५१ हजार ९८८, फ्रान्समा ८० हजार ८६९, इटालीमा ८० हजार ६५३, दक्षिण कोरियामा ७१ हजार १०९, अष्ट्रेलियामा ५४ हजार ९८९ र मेक्सिकोमा ३४ हजार ६६१ जना संक्रमित थपिएका छन् । 

बितेको चौबिस घण्टामा विश्वमा कोरोना कारण १ हजार ५६९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा २५१, ब्राजिलमा २७१, फ्रान्समा १३३, इटालीमा १५७, मेक्सिकोमा १०७, रुसमा ४२, दक्षिण कोरियामा १७, जापानमा ५४ र  अष्ट्रेलियामा ८९ जना रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ