arrow
ADVERTISEMENT

छिमेकी भारतमा एकैदिन १७ हजार बढी कोरोना संक्रमित थपिए, चिन्ता नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
corona-india-public.jpg

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । 

वल्डोमिटर्सको तथ्याङ्क अनुसार बितेको चौबिस घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । बुधबार यो तथ्यांक अझै बढी रहेको थियो । 

बुधबार मात्रै २१ हजार ५६६ जना संक्रमित थपिँदा ४५ जनाको ज्यान गएको थियो ।  

भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ । 

नेपालमा चिन्ता
भारतबाट अहिले नेपाल आइरहेकाहरुमध्ये १० प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सुदूरपश्चिमको आँकडा यो रहेको छ भने पूर्वबाट प्रवेश गर्नेहरुको तथ्यांक आएको छैन । 

खुला सीमाना भएका कारणले संक्रमितहरु नेपाल प्रवेश गरिरहे पनि उनीहरुलाई व्यवस्थित गरेर क्वारेन्टिनमा राख्ने प्रवन्ध सरकारले गर्न सकेको छैन । 

नेपालभित्रै पनि संक्रमितहरु दैनिक बढ्दो क्रममा छन् । परीक्षणको १० प्रतिशत बढी संक्रमित पाइँदै गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ