arrow
ADVERTISEMENT

रुसको धम्कीपछि युद्ध चर्किने सङ्केत, अमेरिका र पश्चिमाले थप हतियार दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
ukraine-russia-military-war.jpg

काठमाडौं । युक्रेनमा थप विशेष सैन्य अपरेशन सञ्चालन गर्ने रुसको घोषणा पछि अमेरिकी र पश्चिमा राष्ट्रहरूले सैन्य सहयोग बढाउने भएका छन् । 

अमेरिका र यसका सहयोगीहरूले पूर्वी डोनबासमा लडाइँको बीचमा युक्रेनलाई थप रकेट प्रणाली, गोला बारुद र अन्य सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका छन्। 

पछिल्लो समय रुसले व्यापक स्तरमा युद्धको सङ्केत दिएको छ। यसमा अमेरिकाले युक्रेनलाई सैन्य सहयोग बढाउने, बेलायतले उसलाई १६ सय एन्टि ट्याक हतियार उपलब्ध गराउने भएको छ । बेलायतले छिट्टै कीभलाई थप घातक हतियार आपूर्ति गर्ने जनाएको छ । 

रुसले डोनबासको पूर्वी औद्योगिक क्षेत्रभन्दा बाहिर थप युक्रेनी क्षेत्रहरू कब्जा गर्ने योजना बनाएको छ। यसैलाई ध्यानमा राख्दै युरोपेली आयोगले युरोपेली सङ्घका सदस्यहरूलाई रुसी ऊर्जामाथिको निर्भरता कम गर्न प्राकृतिक ग्यासको माग घटाउन अपिल गरेको छ । 

युक्रेन र रुस युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिएको र ४५ हजार घाइते भएको अमेरिकाले अनुमान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ