arrow
ADVERTISEMENT

टर्कीको पहलमा रुस-युक्रेनबीच एक महत्त्वपूर्ण सम्झौता हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
black-sea-russia.jpg

काठमाडौं । युक्रेन र रुसबीच ब्ल्याक सी हुँदै खाद्यान्न निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता हुने भएको छ । सम्झौतापछि युक्रेनले यस मार्गबाट अन्न आयात गर्न सक्नेछ । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनमा खाद्यान्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गर्न सहमत भएको छ ।

युक्रेन, रुस, टर्की र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार इस्तानबुलमा सम्झौतामा हस्ताक्षर गर्नेछन्। रुसले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो ।  यस आक्रमणपछि विश्वभर युक्रेनबाट आउने खाद्यान्नको अभाव हुन थालेको छ, जसले विश्वव्यापी रूपमा खाद्य सङ्कट बढाउने काम गरेको छ ।

रुसको आक्रमणपछि खाना र पेय पदार्थको मूल्य बढेको छ । ओडेसाको साइलोमा करिब २० मिलियन टन अन्न फसेको छ। यो सम्झौतापछि युक्रेनले सजिलै निर्यात गर्न सक्नेछ । युक्रेनको विदेश मन्त्रालयले आज टर्कीमा खाद्यान्न निर्यात रोक्न राष्ट्रसङ्घको नेतृत्वमा अर्को चरणको वार्ता हुने र सम्झौतामा हस्ताक्षर हुन सक्ने पुष्टि गरेको छ।

ओडेसाका सांसद ओलेक्सी होन्चारेन्कोले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको कुरा गर्दै अझै सम्झौता भई नसकेको बताए । हामी रुसीहरूलाई पटक्कै विश्वास गर्दैनौँ, हामीले हस्ताक्षर नभएसम्म पर्खनुपर्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ