arrow
ADVERTISEMENT

अमेरिकामा झण्डै एक दशकपछि पोलियोका बिरामी भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
polio.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बिहीबार लगभग एक दशकपछि पहिलो पटक पोलियोको बिरामी भेटिएका छन् । न्यूयोर्क राज्यको स्वास्थ्य विभागले म्यानहट्टनबाट ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा बस्ने एक व्यक्तिलाई पोलियो रोग लागेको पुष्टि गरेको हो।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का अनुसार अमेरिकामा पछिल्लो पटक २०१३ मा पोलियोको बिरामी भेटिएका थिए ।

पछिल्लो पटक फेला परेको यो केस मुखबाट पोलियो भ्याक्सिन (ओपीभी) प्राप्त गर्ने व्यक्तिबाट सरेकोे अधिकारीहरुले बताएका छन् ।

अमेरिकामा मुखबाट दिने खोप सन् २००० मा बन्द गरिएको थियो । त्यसैले इन्एिक्टिभेटेड खोपबाट रिभर्ट स्ट्रेनको उत्पत्ती नहुने भएकाले ती व्यक्तिमा पोलिया अमेरिका बाहिर नै लागेको हुनसक्ने स्वास्थ्य विभागले विज्ञप्तीमा भनेको छ ।

अधिकारीहरूले स्वास्थ्य सेवा प्रदायकहरूलाई थप केसहरूको खोजीमा रहन चेतावनी दिएका छन् र खोप नभएका क्षेत्रका मानिसहरूलाई खोप लगाउन आग्रह गरेका छन्।

हालैका दशकहरूमा ठूलो विश्वव्यापी प्रयासले एक घातक भाइरल रोग पोलियो विश्वभरबाट उन्मूलनको नजिक पुगेको छ ।

सन् १९८८ देखि पोलियाको संक्रमण ९९ प्रतिशतले घटेको छ । खोपको विकास भएपछि संयुक्त राज्य अमेरिकामा सन् १९५० को दशकको अन्त्य र १९६० को दशकको सुरुमा पोलियो व्यापकरुपमा घटेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ