arrow
ADVERTISEMENT

पोल्याण्डले दक्षिण कोरियाबाट लडाकु विमान, ट्याङ्क र होविट्जर किन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
fa50fighterjetkoreapoland.jpg

काठमाडौं । पोल्याण्डले दक्षिण कोरियाबाट ४८ वटा एफए- ५० लडाकु विमान, पहिलाे पटकमा १८० थान केटु ब्ल्याक प्यान्थर ट्याङ्क र होविट्जर किन्ने भएको छ । युक्रेनमा जारी युद्धका बीच पोल्याण्डले आफ्नो सेनालाई बलियो बनाउन लागेको छ ।

यसबीच शुक्रबार वार्साका रक्षा मन्त्रीले दक्षिण कोरियाबाट लडाकु विमानलगायतको खरिदको घोषणा गरेका हुन् । फेब्रुअरी २४ मास्कोले विशेष सैन्य अपरेशन भनेर सुरु गरेको आक्रमणपछि नेटोको पूर्वी ब्लकका देशहरूमा सुरक्षा चिन्ता बढेको छ । 

पोल्याण्डले रक्षा बजेट कूल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत पुर्याउने र कुनै आक्रमणको सामना गर्न सैन्य आकार दोब्बर भन्दा बढी बनाउने घोषणा गरेको छ ।

दक्षिण कोरियाबाट खरिद हुने होविट्जर र एफए ५० लडाकु विमानसँगै यस वर्ष पहिलो अर्डरमा १८० वटा (ब्ल्याक प्यान्थर) ट्याङ्क रहने पोल्याण्डका रक्षा मन्त्री मारिउज ब्लास्जाकले भनेका छन् ।

उनले अघि भनेका छन्,'हामी तीन स्क्वाड्रनहरू किन्न इच्छुक छौं, त्यो भनेको ४८ विमान हुन्,' ब्लास्जाकले भनेका छन्, 'पहिलो विमान अर्को वर्ष पोल्याण्डमा पठाइनेछ।'

ब्ल्याक प्यान्थर ट्याङ्क हुन्डाई रोटेमले बनाएको हो भने, एफ ए ५० फाइटर जेट कोरिया एयरोस्पेस इंडस्ट्रीजले उत्पादन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ