arrow
ADVERTISEMENT

अमेरिकाले पठाएकाे शक्तिशाली हतियार नष्ट गरेकाे रुसकाे दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
himars.jpg

काठमाडौं । रुसको रक्षा मन्त्रालयले शुक्रबार आफ्नो सेनाले जुलाई ५ देखि २० को बीचमा अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको चार वटा हिमार्स रकेट प्रणाली नष्ट गरेको जनाएको छ।

दैनिक ब्रlफिंगमा रक्षा मन्त्रालयले भनेकाे छ, 'अमेरिकी निर्मित मल्टिपल प्रक्षेपण रकेट प्रणाली (हिमार्स) का चार वटा लन्चर र एउटा यातायात लोडिङ गाडी नष्ट गरिएको छ ।'

पश्चिमी मुलुकहरुले रुसविरुद्धको युद्धमा प्रयोग गर्नका लागि युक्रेनलाई उच्च गतिशीलता आर्टिलरी रकेट प्रणाली (हिमार्स) उपलब्ध गराएको छ।

किभले युक्रेनमा आठ हिमार्सको आगमनलाई युद्धको क्रममा सम्भावित गेम चेन्जरको रूपमा स्वागत गरेको छ । 

अधिक सटीक यी उन्नत हतियारहरूको अन्य तोपखाना प्रणालीहरू भन्दा लामो दायरा क्षमता छ । यसले किभलाई रुसी लक्ष्य एवं रुसी लक्ष्यभन्दा परसमेत प्रहार गर्ने सामथ्र्य दिन्छ ।

चार हिमार्स लन्चर नष्ट गरेको रुसको दाबीलाई अन्य स्वतन्त्र स्रोतले भने पुष्टि गर्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ