arrow
ADVERTISEMENT

युक्रेनसँग १० अर्ब डलर बराबरको अनाज बिक्रीमा : जेलेन्स्की

logo
एजेन्सी,
प्रकाशित २०७९ साउन ७ शनिबार
volodymyr-zelensky-ukraine.jpg

किभ। युक्रेन र रसियाले टर्की र राष्ट्रसङ्घसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि, युक्रेनका राष्ट्रपति भोलोदिमिर  जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन्।

रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न  निर्यात अवरुद्ध भइरहेका बेला  विश्वव्यापी खाद्य सङ्कट समाधान गर्ने उद्देश्यले शनिवार यो सम्झौता भएको थियो।

जारी  रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कट उत्पन्न भएको थियो।

टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ। उक्त सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्र सङ्घका महासचिवले इस्तानबुलमा हस्ताक्षर गर्दै छन्।

सम्झौतामा हस्ताक्षर गर्न रुसी र युक्रेनी समूह इस्तानबुल पुगिसकेका छन्। युक्रेनले रुससँग प्रत्यक्ष ढङ्गले सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। यसको सट्टा दुवै देशहरूले ‘मिरर’ सम्झौतामा हस्ताक्षर गर्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ