arrow

सिरियाको सुरक्षा र स्थायित्वमा अमेरिकाले अवरोध गरेको आरोप

logo
सिन्ह्वा,
प्रकाशित २०७९ साउन ७ शनिबार
syria-government.jpg

दमास्कस। अमेरिकाले सिरियाको सुरक्षा र स्थायित्वमा अवरोध गरेको आरोप दमास्कसले लगाएको छ। सिरियाली विदेश मन्त्रालयले शुक्रवार एक विज्ञप्ति निकालेर उत्तर पूर्वी सिरियामा अमेरिकी सेनाको उपस्थितिको उद्देश्य सिरियाली तेल दोहन, देशको स्थायित्व र सुरक्षा पुनः स्थापनामा अवरोध गर्न भएको आरोप लगाएको हो।

अमेरिकी अभ्यास र आतङ्कवादी समूहहरूलाई असीमित समर्थन सिरियाका निम्ति अब नैतिक र राजनीतिक रूपमा स्वीकार्य नभएको जनाउँदै दमास्कसले आफूमाथि लगाइएको अमेरिकी प्रतिबन्धको आलोचना गरेको छ। एकपक्षीय अमेरिकी प्रतिबन्धले सिरियाली जनताको जीवनलाई जोखिममा पारेको र त्यो सिरियाको वर्तमान र भविष्यका लागि हानिकारक भएको बताएको छ।

सन् २०१४ मा इस्लामिक स्टेट (आईएस) सँग लड्ने बहानामा अमेरिकी सेना सिरियामा प्रवेश गरेको थियो। सिरियाली सरकारले आफ्नो भूमिबाट अमेरिकी सेना फिर्ता गर्न बारम्बार आह्वान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ