arrow
ADVERTISEMENT

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ७ शनिबार
joe-biden-new.jpg

अमेरिका । कोभिड-१९ सङ्क्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् । 

शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए । उनलाई खानमा पनि अरूची छैन । प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीहरूलाई देखिउँदै  आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए । 

कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका साथै उनले सुरक्षा निकाय र गुप्त सूचना प्रवाह गर्ने संयन्त्रहरूबाट टेलिफोनमा जानकारी लिएका थिए । 

“उनी अझै पनि राष्ट्रपतिको काम गरिरहेका छन्, बन्द हुँदैन,” राष्ट्रपति कार्यालयका सञ्चार संयोजक करिन जीन–पियरले भनेका छन् । शुक्रबार निवासमा नै रहेका राष्ट्रपति विभिनन भर्चुअल बैठहरूमा सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ