arrow
ADVERTISEMENT

गोली चल्दा अमेरिकामा एकको मृत्यु, पाँच घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
bullet-goli.jpg

काठमाडौं । अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते भएका छन् । वाशिंगटनको रेन्टन उपनगरमा  सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले  प्रहरी अधिकारीहरूलाई बोलाएका थिए । 

प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो ।

विवादपछि गोली हानाहान भएको थियो । आक्रमणकारीको पहिचान खुलाइएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ