arrow
ADVERTISEMENT

भारतमा कोरोनाका बीस हजार बढी संक्रमित थपिए, ३६ को मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २० हजार २७९ संक्रमित थपिएका छन् । योसँगै भारतमा महामारी शुरु भएपछि कुल संक्रमितको संख्या ४ करोड ३८ लाख ८८ हजार ७५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा कोभिडबाट ३६ जनाको मृत्यु भएको छ । 

भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २६ हजार ३३ जनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ५२ हजार २०० जना कोभिडका सक्रिय संक्रमित छन् । 

कुल संक्रमितको शून्य दशमलब ३४ प्रतिशत सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोभिड निको दर ९८ दशमलब ४६ प्रतिशत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ