arrow
ADVERTISEMENT

पनामा पेपर्सका कर्मचारीको ज्यान खतरामा, रुसी निशानामा पर्ने चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
vladimir-putin-nuclear-war-928391.jpg

काठमाडौं ।  विश्वभर ठूलो कर छली र ठगीको पर्दाफास गर्ने पनामा पेपर्सका एक  कर्मचारीले आफ्नो ज्यान खतरामा परेको बताएका छन् । ती व्यक्तिले जर्मनीको म्यागजिन डेर स्पिगललाई एक अन्तर्वार्ता दिँदै रुसले आफूलाई मार्न सक्ने बताएका हुन् । 

नाम परिवर्तन गरेर जोन डोको रूपमा उल्लेख गरिएको ती व्यक्तिले स्पिगललाई अन्तर्वार्ता दिएका थिए । शनिवार प्रकाशित पत्रिकामा जोनले युक्रेन युद्धमा आर्थिक सहयोग गर्ने शीर्ष रुसी अधिकारी र उनका सहयोगीहरूको आर्थिक अनियमितताको प्रमाण आफूसँग रहेको बताएका छन् । 

जोनले कुनै समय अमेरिकालाई हिटलरबाट जति खतरा थियो आज पुटिनबाट भएको दाबी गरेका छन् । उनले शेल कम्पनीहरू पुटिनका सबैभन्दा मिल्ने साथी भएको उल्लेख गरेका छन् । उनले भनेका छन् 'यी शेल कम्पनीहरूले रूसी सेनालाई पैसा दिन्छन् जसले युक्रेनमा निर्दोष नागरिकहरूलाई मार्ने गर्छ। पुटिनको मिसाइलले युक्रेनका किनमेल केन्द्रहरूलाई निशाना बनाउँछ। '

उनले रुसको सरकारी च्यानलमा आफू विरुद्ध कार्यक्रम बनाइएको दाबी गरे । ' उनले पानमा पेपर्स लिक्ससँग जोडिएको पहिलो दुई व्यक्तिको हत्या भइसेकेको बताए । उनले भने,' हामीले पेपर लिकसँग जोडिएको पहिलो दुई व्यक्तिको हत्या देखेका छौ।' 

उनले भने, 'पानामा पेपरमा धेरै खतरनाक आपराधिक सङ्गठनको नाम आएको थियो, जसको सम्बन्ध सरकारसँग पनि छ। यस्तो अवस्थामा आफ्नो परिचय खुलाउनु मेरो लागि खतरनाक हुनेछ। 

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले सन् २०१६ मा पनामा पेपर्स लीक गरेको थियो। संसारका भ्रष्ट शासक, पूर्व शासक, नेता, व्यापारीहरूले अकूत सम्पत्ति आर्जन गरी ट्याक्स हेभन(कर तिर्नु नपर्ने ठाउँ)मा जम्मा गरेको सनसनीपूर्ण खुलासा गरेको र विश्वमा हालसम्मकै ठूलो भ्रष्टाचारको खुलासाको रूपमा टिप्पणी गरिएको पानमा(प्यानमा) पेपर्स लिक्स भएपछि आइसल्याण्डका प्रधानमन्त्रीले राजीनामा दिनुपरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ