arrow

नेपालीले प्रयोग गरे एक वर्षमा ३८ अर्बभन्दा बढीको मोबाइल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
mobile.jpg

काठमाडौं । नेपालले एक वर्षमा ३८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन विभिन्न देशबाट आयात गरेको छ । गत आर्थिक वर्ष २०७८–७९ मा नेपालले उक्त रकम बराबरको मोबाइल फोन आयात गरेको हो । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा नेपालले ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको छ । 

उक्त मूल्यमा नेपालमा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल सेट भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा नेपालले विभिन्न देशबाट ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको ७० लाख ३० हजार ३६६ वटा मोबाइल सेट आयात गरेको थियो । 

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, बंगलादेश, युनाइटेड अरब इमिरेट्स यूएई, अमेरिका र भियतनामबाट आउने गरेका छन् ।

गत आर्थिक वर्ष चीनबाट मात्र नेपालमा २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँको मोबाइल फोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ