arrow

आबेको राजकीय अन्त्येष्टिमा जापानले सूचित गरे पनि पुटिन सहभागी नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
abes-funeral.jpg

काठमाडौं । जापान सरकारले पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिको बारेमा रुस लगायत कूटनीतिक सम्बन्ध भएका सबै देशहरूलाई सूचित गरेको पुष्टि गरेको छ । 

जापानका उपप्रमुख क्याबिनेट सचिव योशिहिको इसोजाकीले सोमबार यस्तो जानकारी दिएका हुन् । यसै महिना चुनावी र्‍यालीमा गोली हानी हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री आबेको राजकीय अन्त्येष्टि सेप्टेम्बर २७ मा हुने मिति तय भएको छ ।

तर, आबेको राजकीय अन्त्येष्टिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने भएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरुसँग बोल्दै भनेका छन्,'होइन, पुटिनको जापान जाने र अन्त्येष्टिमा भाग लिने कुनै योजना छैन ।'

आबेको अन्त्येष्टिमा रुसबाट कोही उपस्थिति हुने नहुनेबारे निर्णय गर्न बाँकी रहेको उनले बताएका छन् । 

यसअघि शनिबार जापानको सान्केई दैनिकले जापानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आबेको अन्त्येष्टिमा सहभागी हुन नदिन सक्ने रिपोर्ट गरेको थियो । तर, अहिले जापानले सुचित गरे पनि पुटिन सहभागी नहुने कुरा रुसले गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ