arrow

अमेरिकी सभामुख ताइवान आए कडा प्रतिक्रिया दिने चिनियाँ चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
nancy-pelosi.jpg

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणको बारेमा अमेरिकी अधिकारीहरुलाई कडा चेतावनी दिएको चीनले पुष्टि गरेको छ ।

पहिलो पटक फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको यो विषयलाई सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका हुन् ।

मिडिया ब्रिफिङमा बोल्दै प्रवक्ता झाओ लिजियानले भनेका छन्, 'चिनियाँ पक्षले धेरै पटक अमेरिकालाई सभामुख पेलोसीको ताइवान भ्रमणको कडा विरोध गरेको कुरा स्पष्ट गरिसकेको छ। हामी पूर्ण रूपमा तयार छौं ।'

'यदि अमेरिकाले आफ्नो बाटो रोज्यो भने चीनले आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न दृढ र बलियो कदम चाल्नेछ र कुनै पनि गम्भीर परिणामहरूको लागि संयुक्त राज्य अमेरिका जिम्मेवार हुनुपर्छ,' उनले अघि भनेका छन् ।

आउँदो महिना अर्थात् अगस्तमा अमेरिकी सभामुख पेलोसीले ताइवानको भ्रमण गर्नसक्ने ठानिएको छ । तर चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्छ र उच्च स्तरीय अमेरिकी भ्रमणको विरोध गर्दै आएको छ ।

अमेरिकाले ताइवानलाई अलग राष्ट्रको मान्यता नदिए पनि यसको रक्षाका लागि मद्दत गर्ने प्रतिबद्धता गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ