arrow

अन्नपूर्ण गाउँपालिकामा स्थानीय तह समन्वय समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
Annapurna gaunpalika.jpg

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा २३ सदस्यीय स्थानीय तह समन्वय समिति गठन गरिएको छ । गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीको संयोजकत्वमा समिति गठन गरिएको हो । मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि समिति गठन गरिएको हो ।

समितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनेछन् । यसैगरी गाउँपालिका उपाध्यक्ष, वडाअध्यक्ष, विषयगत शाखा प्रमुख, स्थानीय तह सुरक्षा प्रमुख र अध्यक्षले तोकेका एक जना महिलासहित तीन जना नागरिक समाजको प्रतिनिधि सदस्य रहने व्यवस्था छ । 

उक्तअवसरमा जिल्ला समन्वय समिति उपप्रमुख सरिता कुमालले महिला तथा बालबालिकाका सवालमा स्थानीय तहले बनाउने नीति कार्यक्रमहरु केन्द्रित हुन आवश्यक रहेको बताइन् ।

स्थानीय तह समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष बिष्णुबहादुर केसीले कास्की जिल्लामा पहिलो पटक समन्वय समिति गठन गरिएको बताए । उनले कार्यान्वयनमा पनि अन्नपूर्ण पहिलो गाउँपालिका बन्ने भन्दै मानव अधिकारप्रति पूर्ण बफादार रहेको स्पष्ट पारे। 

गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले कार्ययोजनालाई लक्षित गरेर कार्यक्रम तय गर्ने र त्यसको अनुगमन प्रभावकारी ढंगले अघि बढाइने स्पष्ट पारिन् ।

प्रदेश बाल समन्वय अधिकारी बद्री वाग्लेले करिब दुई बर्ष बितिसक्दा स्थानीय तह समन्वय समिति गठन हुन नसक्नुले मानवअधिकारको सवालमा कति गम्भीर छौं भन्ने प्रष्ट भएको बताए ।

इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना बारे कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तह समन्वय समितिको कामहरुको बारेमा जानकारी गराएकी थिइन् ।

मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समितिको पछिल्लो बैठकले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लाई कास्की जिल्लाका स्थानीय तहमा स्थानीय तह समन्वय समिति गठन र अभिमुखीकरणको जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ