arrow
ADVERTISEMENT

युद्धको आलोचना गर्ने रुसी विपक्षी नेता हिरासतमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
vladimir-putin-nuclear-war-928391.jpg

काठमाडौं । रुसी युद्धको कटु आलोचक लियोनिद गोजम्यानलाई रुसी प्रशासनले हिरासतमा लिएको छ । रुसका विपक्षी नेता गोजम्यान मस्को फर्किने क्रममा पक्राउ परेका हुन् ।

 रुस युक्रेन युद्धका बीच देश छोडेका गोजम्यानलाई सोमबार रुसी प्रशासनले पक्राउ गरेको हो । उनी जुनमा रुस फर्किएका थिए । गृह मन्त्रालयले वारेन्ट जारी गरेपछि गोजम्यानलाई हिरासतमा लिइएको थियो । उनीविरुद्ध फौजदारी मुद्दाको अनुसन्धान भइरहेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक मानिएका गोजम्यानलाई रुसी नागरिकले विदेशी नागरिकता वा रेसिडेन्सी परमिटको रिपोर्ट गर्नु पर्ने कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ। गुजमान दोषी पाइएमा जरिवाना वा कारबाही हुनेछ । गोजम्यानले आफ्नो इजरायली नागरिकताको जानकारी अधिकारीहरूलाई दिएका थिए ।

रुसको न्याय मन्त्रालयले उनलाई ‘विदेशी एजेन्ट’को संज्ञा दिएको छ । गोजम्यानका वकिल मिखाइल बिर्युकोभले उनलाई बाटोमै हिरासतमा लिएर प्रहरी चौकी लगिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ