arrow

पाकिस्तानमा मानवअधिकार सुनिश्चित गर्न अमेरिकी संसद्को माग

logo
एजेन्सी,
प्रकाशित २०७९ साउन १० मंगलबार
Pakistan-Flag.jpeg

पाकिस्तान। सिंध प्रान्तमा लगातार भइरहेको मानवअधिकार हननको घटनाहरूले विश्वलाई नै चिन्तित बनाएको छ। अब अमेरिकी सांसदले यसमाथि चिन्ता व्यक्त गर्दै सिंधिहरूको मानवअधिकारको सम्मान गर्नुपर्ने माग गरेको छ।

अमेरिकी संसद्मा चर्चाको समय सांसदहरूले पाकिस्तानमा सिंधी मानिसहरूमाथि वर्षौँदेखि गरिॅंदै आएको मानवअधिकार हनन विरुद्ध सिंधिहरूलाई सशक्त समर्थन प्रदान गर्नुपर्ने बताए। अमेरिकी सांसदहरूले कसरी पाकिस्तानको सरकारले उच्च पदहरूमा रहेका सिंधी व्यक्तिहरूलाई पनि लामो समयसम्म जेलमा बन्द गरिरहेका छन् भनी प्रश्न गरेको छ। २०२२ सम्म पाकिस्तानको सर्वोच्च न्यायालयमा एक जना पनि सिंधी भाषी न्यायाधीश थिएनन्। सिंधी समुदायले ईशनिन्दा, कुटाई, उत्पीडन र अपहरण जस्ता यातनाहरू सहन गर्नु परिरहेका छ।

अमेरिकी संसद्मा प्रतिनिधि केरोलिन मेलोनीले पाकिस्तानको सिंध प्रान्तमा यस समुदायको स्थितिमाथि चिन्ता व्यक्त गरिन्। मेलोनीले पाकिस्तानको तेस्रो सबैभन्दा ठूलो सिंध प्रान्तमा भइरहेको मानवअधिकार हननलाई लिएर चिन्ता व्यक्त गरिन्।, उनले संसद्मा भनिन्, यहॉं सिंधी समुदायलाई अनुचित सरकारी जॉंचमा फसाउने गरिन्छ। संसारमा कट्टर पन्थ विरुद्ध सङ्घर्षमा अमेरिकाको निम्ति पाकिस्तानसॅंग सार्वजनिक कूटनीतिलाई कायम राख्दै कट्टरपन्थीहरूको विरोध जारी राख्नु आवश्यक बनेको छ। उनले कुनै पनि स्थितिमा मानवअधिकारको सम्मान सुनिश्चित गर्नुपर्ने माग गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ