arrow

भूकम्पकाे अत्यास

फिलिपिन्समा गयो शक्तिशाली भूकम्प

७.३ रेक्टर स्केलकाे भूकम्प, सुनामी आउन सक्ने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
earthquake2.jpg

काठमाडौं । फिलिपिन्सको डोलोरेस नजिक  ७.३ रेक्टर स्केलकाे भूकम्प गएको छ । राजधानी मनिलामा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

फिलिपिन्सकाे ज्वालामुखी तथा भूकम्प  विज्ञानले ७.३ रेक्टर स्केल भने पनि अमेरिकी भौगर्भिक सर्वेले भने ७ रेक्टर स्केलमात्र भनेकाे छ । भूकम्पको केन्द्रविन्दु डोलोरेसबाट ११ किलोमिटर दक्षिणपूर्वमा रहेको छ । यो राजधानी मनिलाभन्दा ३३६ किलोमिटर टाढा पर्दछ । भूकम्प १० किलोमिटर मात्र गहिराइमा थियो । 

भूकम्पले भएको क्षतिको विवरण आइसकेको छैन । उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ । सुनामी आउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरिएको छ ।

भूकम्पपछि भवन आंशिक रूपमा भत्किएपछि अब्रा प्रान्तको एउटा अस्पताललाई खाली गराइएको थियो तर त्यहाँ कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । अहिले बिजुली आपूर्ति बन्द गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ