arrow
ADVERTISEMENT

धेरै सवारी साधन एकैपटक ठोक्किए, नौको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
accident-final-1618290232.jpg

काठमाडौं । दक्षिण मेक्सिकोको गुरेरो राज्यमा बुधबार एकै पटक धेरै सवारी साधन दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । 

सुरक्षा अधिकारीहरूको प्रारम्भिक रिपोर्टअनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान साढे ६ बजे ग्वेरेरोको कोस्टा ग्रान्डे क्षेत्रको अकापुल्को–जिहुआटानेजो राजमार्गमा भएको थियो । 

एक निजी गाडी चालकले कार्गो ट्रकलाई उछिन्ने क्रममा पछाडिको भाग ट्रकसँग ठोक्किदा नियन्त्रण गुमाएर राजमार्गको विपरीत दिशामा गएको थियो । त्यसपछि उक्त ट्रक अर्को कारसँग ठोक्किन पुगेको थियो । 

उक्त दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ । दुर्घटनापछि उक्त राजमार्ग एक घन्टाभन्दा बढी बन्द भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ