arrow

आठ सयले बढ्यो सुन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
gold-final-2022.jpg

काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 
 
महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ