arrow
ADVERTISEMENT

रुससँग युद्धकाबीच युक्रेनका राष्ट्रपतिले गराए श्रीमतीसँग फोटोसुट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
vogue-ukr.jpg

काठमाडौं । रुस युक्रेन युद्धका बीच अमेरिकी म्यागजिन ‘भोग’ ले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको फोटो कभरमा राखेको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धका बीचमा आफ्नी श्रीमती ओलेना जेलेन्स्कासँग फोटोसुट गरेका छन्। 

म्यागजिनमा फोटोको साथ, उनले आफ्नो विवाहको कथा, युद्धको समयमा जीवन र युक्रेनको भविष्यका लागि आफ्ना विचार र योजनाहरू साझा गरेका छन्।

यता देशका सैनिक युद्धमा शहीद भइरहेका बेला देशका राष्ट्रपतिले फोटोसुट गराएको भन्दै विरोध पनि भएको छ ।

 ‘भोग’ मा प्रकाशित यो तस्बिरमा युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का बहादुर र बलियो भएको बताइएको छ । ४४ बर्षीइ ओलेना जेलेन्स्का पटकथा लेखक हुन्। उनी अहिले पनि केही शो र फिल्ममा लेखन कार्य गरिरहेकी छिन् । युक्रेनकी प्रथम महिला भएका कारण रुससँगको युद्धमा उनले विशेष भूमिका खेलेकी छिन् । ओलेना बालबालिकाको स्वास्थ्य, विशेष गरी सन्तुलित आहारको क्षेत्रमा काम गर्छिन्। 

ओलेना जेलेन्स्काको जन्म सोभियत युक्रेनको क्रिभि रिहोमा भएको थियो। भोलोडिमिर जेलेन्स्कीसँग उनको भेट हाईस्कूलमा भयो र त्यसपछि दुवैले ‘क्रिवी रिहो इकोनोमिक इन्स्टिच्युट’मा भर्ना भए । 

ओलेनाले आर्किटेक्चरको अध्ययन गरिन् भने राष्ट्रपति जेलेन्स्कीले कानुनको पढे। दुवैले एक अर्कालाई ८ वर्ष डेट गरेपछि सेप्टेम्बर २००३ मा विवाह गरे । दम्पतीका दुई सन्तान एक छोरी ओलेक्सान्ड्रा र एक छोरा किरिलो छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ