arrow
ADVERTISEMENT

युक्रेनमा भीषण युद्ध जारी, रकेटले पुल भत्कायो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
ukraine-russia-military-war.jpg

काठमाडौं । रुसले युक्रेनभर घातक हमला गरेको छ । कीभले कब्जा गरेको दक्षिणी खेरसन क्षेत्रलाई फिर्ता लिनको लागि रुसले आफ्नो प्रयासलाई तीव्र पारेको छ।

रूसी सेनाले राजधानी किभ वरपर र चेर्निहाइभ क्षेत्रमा घात आक्रमण गरेको छ । यसअघिका आक्रमणभन्दा घातक प्रहारमा मस्कोले विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । 

युक्रेनले देशको दक्षिण भागमा कब्जा गरिएका क्षेत्रलाई मुक्त गर्न कारबाही जारी राखेका बेला रूसी आक्रमण तीव्र गतिमा भएको हो । 

केन्द्रीय सहरमा मिसाइल प्रहार हुँदा पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका अधिकारीहरूले बताएका छन्। पूर्वको बखमुतमा तीन जनाको मृत्यु भएको छ ।

चेर्निहाइभका गभर्नर व्याचेस्लाभ माउसले बेलारुसको क्षेत्रबाट होनचारिभस्का गाउँमा धेरै मिसाइलहरू प्रहार गरिएको जानकारी दिएका छन् । 

कीभ नजिकै, एक सैन्य आधारमा १५ जना घाइते भएका छन्। युक्रेनको उत्तरी र दक्षिणी क्षेत्र पनि प्रभावित भएका छन् ।

युक्रेनी अधिकारीहरूले रुसका योजना आफ्ना सैनिकले चकनाचुर पारेका र अन्तिम समयसम्म लडिरहने बताएका छन् । यसअघि पनि किभ र चेर्निहाइभ क्षेत्र कब्जा गर्न असफल भएपछि रूसी सेना पछि हटेका थिए । 

युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि गोलाबारीको चपेटामा परेको छ । युक्रेनी सेनाले कब्जा गरेको दक्षिणी क्षेत्र खेरसनमा जवाफी हमला जारी राखेको छ । 

युक्रेनी सञ्चारमाध्यमले युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचलाई उद्धृत गर्दै खेर्सनलाई मुक्त गर्ने अभियान सुरु भइसकेको जनाएका छन् । 

युक्रेनी सेनाले अमेरिकाले दिएको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल भत्काएको छ। यसले रुसलाई एन्टोनिभस्की ब्रिजमा तैनाती र हतियार पठाउन असम्भव बनाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ