arrow

अमेरिकामा ब्याजदर फेरि बढ्यो, महँगी उच्च विन्दुमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
federal-reserve-bank-america.jpg

काठमाडौं । अमेरिकाको केन्द्रीय बैङ्क फेडरल रिजर्भले बढ्दो मूल्यलाई नियन्त्रण गर्न फेरि एक पटक ब्याजदरमा वृद्धि गरेको छ । बैङ्कले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ । 

सङ्घीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैङ्कबाट स्वदेशी बैङ्कले लिने दरलाई २ दशमलव २५ प्रतिशतबाट २ दशमलव ५ प्रतिशतमा पुर्‍याएको बताइएको छ ।

बैङ्कले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ । तर यो कदमले अमेरिकालाई मन्दीतर्फ लैजान्छ कि भन्ने डर बढ्दै गएको छ । धेरैले यस हप्ताको आधिकारिक तथ्याङ्कले लगातार दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र कमजोर भएको देखाउने अपेक्षा गरेका छन्।

पत्रकार सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अर्थतन्त्रको केही भाग सुस्त भएको स्वीकार गरे तर मुद्रास्फीतिलाई नियन्त्रण गर्न बैङ्कले जोखिमका बाबजुद आगामी महिनाहरूमा ब्याजदर बढाउने बताए। अमेरिकामा महँगी ४० वर्षकै उच्च विन्दुमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ