arrow

किसुनजीलाई ४८ सालमा हराएको सम्झदै प्रकाशमानले भने –देश यो दुरावस्थामा पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
prakashman-singh-2079-04-13.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) लाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।

शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निरासा बढेको उल्लेख गरे ।

२०४७ सालमा संविधान जारी गरेपछि भएको निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यसबेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो । ‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने । 

अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले मुलुकका सामु गम्भीर चुनौती देखापरिरहेकोसमेत उनले बताए । राजनीतिक दलहरु विधि पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले राजनीतिक दलहरुका कार्यशैली सच्चिनु पर्नेसमेत बताए । 

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेकोसमेत उनको भनाइ छ ।



नयाँ